ब्लग

’मिष्टर प्राइम मिनिष्टर’


सन् १९६६ मा भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीको निधन भएपछी सत्ताको बागडोर इन्दिरा गान्धिको काँधमा पुग्यो । जब उनि प्रधानमन्त्री भईन उनलाई कतिपयले ’म्याडम प्राइम मिनिस्टर’ भन्दथे । तर त्यसो भनेको गान्धिलाई स्विकार्य थिएन्।
बि.के.नेहरुले आफ्नो आत्मकथा ’नाइस गाइज फिनिश सेकेण्ड’ मा यो विषयमा गज्जवका साथ लेखिदिएका छन् । सन् १९६६ मा अमेरिका पुगेकी गान्धिलाई अमेरिकी राष्ट्रपति लिण्डन जोन्सन जो कि ’एलबिजे’ भनेर सुपरिचित थिए । उनले आफ्ना सहयोगी मार्फत बुझ्न पठाउँछन कि गान्धिलाई बोलाउँदा के भनेर सम्बोधन गरौं । उताबाट बि.के.नेहरुले गान्धिलाई त्यही कुरा सोध्छन र उनको जवाफ थियो –’मिस्टर प्राइम मिनिस्टर’ पनि भन्न सक्नुहुन्छ । गान्धिलाई उनका क्याबिनेट सदस्यहरुले सर भनेर सम्बोधन गर्ने गरेको आफ्नो पुस्तकमा नेहरुले लेखेका छन् ।
नेपालको बदलिंदो अवस्थामा प्रधानमन्त्री नियुक्त भएपछी सम्माननीय सुशीला कार्कीलाई नेपालको प्रेस जगतले कसरी हेरिरहेको छ त ? शुरुवाती दिनहरु छन् ।
अन्तरिम सरकार भएकाले प्रेसले बदलिंदो परिवेशलाई बुझेको छ झैं लाग्दछ ।
भारतमा इन्दिरा गान्धिका विषयमा लेखक नटवर सिंहले आफ्नो किताब ’वाकिङ्ग विद लायन्स,टेल्स फ्रम अ डिप्लोम्याटिक पास्ट’ पुस्तकमा सविस्तार लेखीदिएका छन् ।
सन् १९८० मा जिम्बावेको स्वतन्त्रता दिवसमा सहभागि हुन हरारे पुगेकी थिईन प्रधानमन्त्री गान्धि । त्यहाँ पाकिस्तानका राष्ट्रपति जिया उल हक पनि पुगेका थिए । उनले भारतीय प्रधानमन्त्री गन्धिलाई भेटनका लागि खबर पठाउँछन् । तर पछी उनि स्वयं गान्धिलाई भेट्न पुग्छन् । उता राष्ट्रपति थिए जिया,यता प्रधानमन्त्री थिइन गान्धि । प्रोटोकलको परवाह नगरेर जिया गान्धिलाई भेट्न पुग्छन् । पाकिस्तानका राष्ट्रपति जिया उल हकले भारतीय प्रधानमन्त्री गान्धिसँग भन्छन–’प्रेसमा मेरा बारेमा आउने कुरा सत्य होईनन्,त्यसमा विश्वास नगर्नुहोला ।’
जवाफमा गान्धिले भनिन–’प्रेसलाई केही थाह छैन । त्यसैले त प्रेसले तपाईलाई ’डेमोक्रेट’ र मलाई ’डिक्टेटर’ भन्छन् ।

तर अन्तरिम सरकार गठन लगत्तै नेपाल पत्रकार महासंघले संसद विघटनलाई संविधान बाहिर गएको लिखित विज्ञप्ति मार्फत अन्तरिम सरकारको विपक्षमा आवाज उठाएको थियो।
श्रीमानको(न्याय सेवामा रहँदा) कालो कोटको भारी बिसायर स्वच्छन्दतामा दिनचर्या कटाईरहेकी पूर्व प्रधान न्यायधिस श्रीमान सुशीला कार्की खैरो कोटमा कार्यकारी प्रमुख प्रधानमन्त्रीको भूमिकामा देखिंदा ’श्रीमान पीएम’ भन्न मन लाग्यो !
नेपालको विषम परिस्थितिमा सरकारको नेतृत्व राजनीतिक वृत्तबाट अलग भएको परिवेश जो छ ।
सन् १९६६ मा भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीको निधन भएपछी सत्ताको बागडोर इन्दिरा गान्धिको काँधमा पुग्यो । जब उनि प्रधानमन्त्री भईन उनलाई कतिपयले ’म्याडम प्राइम मिनिस्टर’ भनेको विलकुलै राम्रो लाग्दैनथियो ।
बि.के.नेहरुले आफ्नो आत्मकथा ’नाइस गाइज फिनिश सेकेण्ड’ मा यो विषयमा गज्जवका साथ लेखिदिएका छन् । सन् १९६६ मा अमेरिका पुगेकी गान्धिलाई अमेरिकी राष्ट्रपति लिण्डन जोन्सन जो कि एलबिजे भनेर कहलिएका थिए । उनले आफ्ना सहयोगी मार्फत बुझ्न पठाउँछन कि गान्धिलाई बोलाउँदा के भनेर सम्बोधन गरौं । उताबाट बि.के.नेहरुले गान्धिलाई त्यही कुरा सोध्छन र उनको जवाफ थियो –’मिस्टर प्राइम मिनिस्टर’ पनि भन्न सक्नुहुन्छ । गान्धिलाई उनका क्याबिनेट सदस्यहरुले सर भनेर सम्बोधन गर्ने गरेको आफ्नो पुस्तकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button