विचार

आदर्शवाद र क्रान्ति

गठबन्धनको सिण्डिकेटबाट चलिरहेको राज्य सत्ता र त्यसको पछिल्तिरका विपक्ष देख्दा साधारण मानिसका लागी दिकदार लाग्दो राजनीतिक पृष्ठभूमी भयो । सायद जेन जी विद्रोह भदौ २३ र २४ त्यसकै प्रतिक्रिया भयो ।

अनि त म सम्झौं जर्मन दार्शनिक हाना एरेन्टलाई
उनि भन्छिन–’अधिकांश उग्र क्रान्तिकारी क्रान्तिपछि रुढिवादी बन्न पुग्छन्।’ उदाहरणका लागी खुद प्रधानमन्त्री पुष्पकमल दाहाल काफी छन् । अरु थप्ने हो भने कम्युनिष्टका मठाधिस मोहन विक्रम सिंह पनि थपिन्छन् । दुर्गा पौडेल राष्ट्रिय सभा सदस्यका लागी सिफारिस भईरहँदा । यो सूचीमा डा. सि.के. रावतलाई छुटाउने हो भने पनि नसुहाउला ।

हुन त सिद्धान्तको अध्ययनबाट संसार बुझ्न नसकिने जोडदर तर्क उत्तरआधुनिक मानवशास्त्रीहरुको हो । सिद्धान्त र व्यवहारिक जीवन दुई नित्तान्त फरक विषय भएको उत्तरआधुनिक मानवशास्त्रीहरुको मान्यता हो । यी दुवै विषयमा यथार्थपरक सम्बन्ध हुँदैन भन्ने धारणा छ ।
आजकाल नेपाली राजनीति माथि भनिएका दुवै सन्दर्भमा सुहाउने
छन् । यसमाथि अरु थप्ने हो भने मधेशतिर पाईने घमञ्जा जस्तै लाग्नेछ । घमञ्जा स्वादिष्ट हुन्छ । त्यस्तै स्वाद गठबन्धनलाई आईरहेकै होला भन्न सकिन्छ ।
हुन त यहाँ पदार्थ र चेतनाका कुरा पनि जोडदार रुपमा भई नै रहन्छन् । आदर्शवाद र भौतिकवादको चङ्गुलमा छ नेपाली समाज । त्यसकै परिदृश्य राजनीतिमा मञ्चन हुन्छन । फरकता हुन्छ त केवल पात्र बदलिएर ।

खासगरी ज्ञानको राजनीतिलाई बहसमा ल्याएर मिसेल फुकोले सन् १९६० को दशकमा हलचल पैदा गराईदिएका थिए । फुकोले मूल विषय बौद्धिक जागरणको परम्मपरा त्यसका कारण,मुक्ति,प्रगति र सत्य लगाएतका विषयमा आफ्नो अहमति जाहेर गरे ।

यसलाई राजनीतिक परिदृश्यमा भन्नुपर्दा सत्ताधारीले निर्माण गर्ने ज्ञानका माध्यमबाट कसरी नियन्त्रण पैदा गर्छन भन्ने कुरामा फुकोले मेहनतका साथ ब्याख्या पनि गरे ।
यतिबेला नेपालको राजनीतिमा देखिएको सबै भन्दा ठुलो र चरम संकट सिद्धान्त र व्यवहारमा केलाउन सकिन्छ । यी दुवैको फासला नेपालको वदलिंदो राजनीतिक परिवेशको अन्तर्य पनि हो ।

यता सन् ८० को दशक पछीको विश्व समुदायमा आएको परिवर्तन भनेकै सूचना प्रविधिमा आएको छलाङ्ग हो । त्यसकै धरातलमा नयाँ राजनीतिक शक्तिहरु आहल खेलिरहेकाछन् । चाहे त्यो नयाँ राजनीतिक दलहरु होउन वा पुरानै । यता हेर्यो डा.सि.के.रावतको क्रान्ति सडक र संसदमा छचलकिन्छ । उता हेर्यो स्वतन्त्र मेयरहरुको स्वतन्त्रताको उन्माद उर्लिन्छ ।

यस्तो परिवेशमा नागरिकको आबश्यकता के हो त ? हो त्यही विषयमा त राजनीतिका रोटीहरु पाक्छन् । कसैले पनि यो विचार गरिरहेका छैनन की गरिव नागरिकले गरिव छु भनेर सिफारिस लिंदा शुल्क दिनु पर्छ भनेर ।
अनि म एक पटक सम्झन्छु मेरी डगलसलाई । र उनको एउटा कृति बडो घत लागेर आउँछ । डु डग लफ–१९७१ अर्थात त्यो थियो –’के कुकुरहरु हाँस्छन् ?’
मानिसको सामाजिक जिवनका अर्थहरुलाई डगलसले प्रदूषित कुराहरुले सामाजिक संरचनालाई बलियो बनाउने विषय उजागर गरिन् ।
हामी यति नै बेला देशको राजनीतिका मुख्य–मुख्य पात्रहरु हाँसिरहेको र नागरिक रोईरहेको देख्न सक्छौं । आदर्शका कुरा मञ्चन गरेर सिद्धान्तलाई तिलाञ्जलि दिएको सहजै बुझ्न सकिन्छ ।
नेपाली राजनीतिमा सिद्धान्त र आदर्श खोलाका दुई किनार झैं बर्षौं देखि निरन्तर बगीरहेका छन् । जो सायद कहिल्यै भेटिने छैनन् ।

सत्ता कसै न कसैको त चल्छ नै । सत्तामा सदावहार कोही रहँदैनन् । तर सत्ता केबाट निर्देशित छ भन्ने कुराको अनभुति नागरिकले गरेका हुन्छन् । नागरिक प्रताडित हुने सत्ता लोकतन्त्रमा स्विकार्य विषय कतै होईन् । यद्यपि यही चलिरहँदा नागरिक निराश छन् ।

क्रान्तिकारीहरुबाट भईरहेको पुँजीवादको पूजाले कहिले तथास्तु पाउला ? अनि कहिले नागरिकले सेवा पाउने दिन आउला ।
क्रान्ति त कति भयो !! राजनीतिक रुपमा ब्यवस्था परिवर्तन भने नभएका होईनन । त्यसको अभ्यास राजनीतिक वृत्तमा उधुमै भयो सापेक्ष नागरिक स्तरमा भरपुर उपभोग हुन सकेन भन्ने कुरा हो ।

राजनीतिक दलहरुले लोकतन्त्रलाई सिद्धान्त भन्दा बढ्ता प्रयोग गरिरहेकै छन् । त्यसको दाँजोमा नागरिक तहमा सेवा प्रभाह र अभिभावकत्वका हिसाबमा उत्साह थप्ने काम हुन नसक्नु विडम्वनापुर्ण छ ।
कुरा यति हो कि दलहरुले सिद्धान्त अनुसार र नेतृत्वले आदर्शलाई वेपत्ता दूर राखेकाले नागरिकले उकुसमुकुसको स्वास फेर्न बाध्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button