फेसबुकको बार्षिक आम्दानी कती होला ?
मिडिया अपडेट हुने प्रक्रिया अलि लामो होला तर सामाजिक सञ्जाल अपडेट छिटो हुन्छ । र खर्च समेत न्युन रहन्छ ।
सन् २०२१ को सुरुवातीमा प्रकाशित अनुसन्धान अनुसार हाल विश्वभरका ५३.६ प्रतिशत (अर्थात ३ अर्ब ९६ करोड) मानिसहरु सामाजिक सञ्जालमा छन्। यो संख्या सन् २०१५ को दाँजोमा झण्डै दोब्बर हो । हाल सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक हो । त्यस्तैगरी युट्युब, इन्स्टाग्राम, ट्विटर, टिकटक र लिंकडेनका पनि धेरै प्रयोगकर्ता छन्। हरेक सामाजिक सञ्जालका आ–आफ्नै विशेषता भएकाले यिनको प्रयोग विश्वभरि एकैनास छैन। उदाहारणका लागि, सन् २०१९ देखि २०२० सम्मको १ बर्षे अन्तरालमा एशिया र अफ्रिकामा सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता थपिएका छन् भने युरोप अमेरिकामा सबैभन्दा कम थपिएका छन् । उक्त तथ्यांक डेटा रिपोर्टल नामको एक वेबसाइटमा उपलब्ध छ ।
फेसबुकको बार्षिक आम्दानी कती होला ? सन् २०२० मा मात्र फेसबुकको आम्दानी करिब ८६ अर्ब अमेरिकी डलर थियो । यो रकम नेपालको आर्थिक बर्ष ०७८/०७९ को बजेट भन्दा ६ गुणा बढी थियो ।
स्ट्याट काउन्टर नामको एक वेबसाइट अनुसार नेपालमा बढी प्रयोग हुने सामाजिक सञ्जालमा फेसबुक (९१.२१ प्रतिशत), युट्युब, ट्विटर, पिनर्टेस्ट, इन्स्टाग्राम र लिंकडेन क्रमशः रहेका छन् ।
सन् २०१९ मा फेसबुकले आफ्ना प्रयोगकर्ताको डाटा गोप्य नराखेको कसुरमा अमेरिकी सरकारलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिरेको थियो । त्यसैगरी टिकटकले पनि अनाधिकृत रुपमा प्रयोगकर्ताका गोप्य डाटा लिएको कसुरमा ९ करोड २० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको समाचारले चर्चा बटुलेको थियो ।





