पोलिटिकल प्याट्रोनाइज संसार भर
पोलिटिकल प्याट्रोनाइज संसार भर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ’रिजिम चेनज’को दिशामा अघि बढ्दै तै छैनन् ! ट्यारिफले संसार हल्लाए । तर अमेरिका भित्र लामो शटडाउन पनि चल्यो ।
ट्रम्प प्रशासनले अन्य देशका संगठनहरुलाई यूएस सहायता प्राप्त एचआईभी औषधिहरू वितरण गर्न समेत रोक लगाउन निर्देशन दिएका थिए । ट्रम्पले युएसएड साहायता रोके। सकेसम्म देश भित्र इनकम ट्याक्स हटाउने दिशामा छन । अन्य देशहरुलाई कर बढाउन खोजेका छन् ।
कार्यकारी अधिकारको प्रयोग र कार्यकारी राष्ट्रपतिको तागत भरपुर प्रयोग गर्दैछन् । कार्यकारी निर्देशनहरुका लागि अमेरिकामा काँग्रेसबाट प्रमाणीकरण आवश्यक पर्दैन् । फेब्रुअरी १९४२ मा, राष्ट्रपति र्फ्यांकलिन डि. रुजवेल्टले एक कार्यकारी आदेशमा हस्ताक्षर गरे जसले जापानी अमेरिकीहरूको लागि डिटेन्सन सेन्टर बनाउने निर्देश गरेको थियो ।
सन् १९५२ मा राष्ट्रपति ह्यारी ट्रुमनले आदेश जारी गर्दै स्टील उद्योगलाई सरकारको नियन्त्रणमा राख्न मद्दत मिल्यो,जहाँ हडताल रोकथाम गर्ने प्रावधान थियो ।
अघिल्ला राष्ट्रपति जो बाइडेनले २० जनवरी २०२१ मा आफ्नो पहिलो दिनमा २०१५ को पेरिस जलवायु सम्झौतामा पुनःलागु गराएका थिए । रिपब्लिकनहरूले बाराक ओबामामाथि सन् २०१० को स्वास्थ्य सेवा परिवर्तनको विषयमा गरेको निर्णयलाई चुनौति दिएका थिए ।
पुर्व राष्ट्रपति रुजवेल्टले आफ्नो १२ वर्षको कार्यकालमा सबैभन्दा धेरै ३,७२१ आदेश जारी गरेका थिए । अमेरिकामा राष्ट्रपति रहँदा वुडरो विल्सनले १,८०३ र केल्भिन कूलिजले १,२०३ आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २२० कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जो बाइडनले १६० कार्यकारी आदेश जारी गरेका थिए । त्यस अघि बाराक ओबामा र जर्ज डब्ल्यू बुसले दुई लगातार कार्यकालमा २७७ र २९१ कार्यकारी आदेश जारी गरेका थिए ।





