’बाँकेमा शान्ति सुरक्षा चुस्त–दूरुस्त ढुक्क भएर मतदान गरौं’
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्भयतापूर्वक मतदान गर्न सकिने बताएका छन् ।
बिहीबार बिहान निर्धारित समयमा मतदाताले मतदान केन्द्रमा उपस्थित भई भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण मिलाईएको प्रमुख जिल्ला अधिकारी तामाङले दावि गरेका छन् ।
फागुन २१ को चुनावका लागि जिल्लामा शान्ति सुरक्षा कायम राख्न आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन् ।
जिल्लाका १३९ मतदान स्थलका ४०० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मीहरू खटाईएको समत बताएका छन् । प्रमुख जिल्ला अधिकारी तामाङले भने–’मतदान स्थल निर्माण कार्य सम्पन्न भइसकेको र आवश्यक समन्वय बैठकहरू पनि गरिसकिएको जनाएका छन् ।
सुरक्षाको सन्दर्भमा प्रजिअ तामाङले जिल्लामा निर्वाचन विरोधी गतिविधि नियन्त्रणमा राखिएको र सुरक्षा अवस्था पूर्ण रूपमा नियन्त्रण भित्र रहेको दावि गरेका छन् ।
मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाईएकाले सामान्य परिस्थित रहेको जनाए ।
केन्द्रिय सुरक्षा रणनीति अनुसार बाँके जिल्लामा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन सुरक्षाकर्मी गरी लगभग आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।





