मिथिलाको गौरव : जनकपुरधाम
’राम सिन्दुर लिय हाथ सोन सुपारी के साथ, सिता उघारी लिय माँग सिन्दुर लयला…………।’
सप्ताहब्यापी रुपमा मिथिलाका लोकगीत र भजनले जनकपुरधाम गुञ्जायमान हुन्छ।
अवध र मिथिला क्षेत्र सभ्यतासँगै संस्कृतिको धनि हो । अवध र मिथिला नेपाल–भारत दुवै देशलाई एक आपसमा जोड्ने कडीका रुपमा व्याख्या गर्न सक्नुपर्छ । कुरा त्रेता युग देखिका हुन् । धर्म,संस्कृति,कला र परम्पराको निरन्तरता दुवै देशतर्फ कायम छ ।
दोस्रो विश्वयुद्धमा सहयोग गरेवाफत नर्वेले बेलायत–लण्डनवासीलाई सन् १९४७मा क्रिसमस ट्रि उपहारका रुपमा दिएका थिए । शुरुवातमा १५१० ताका लाटभियाले बत्तिहरुले सजाएको क्रिसमस ट्रि बनाएर पर्वलाई उत्साहपुर्वक मनाउन शुरु गरेको इतिहांस उदाहरणीय छ ।
अर्को एउटा उदाहरणका लागी क्रिकेट कुटनीतिलाई ’सफ्टपावर’ कुटनीतिका रुपमा लिईन्छ । बेलायतको एक अध्ययनले सफ्टपावर कुटनीतिमा भारतले समेत आफ्नो स्थान संसारको रेटिङ्गमा २८ ओं स्थान हाँसिल गरेको छ । अमेरिका,जर्मनी,चीन, र जापान सफ्टपावर एक्सर्साईजमा अघिल्लो पंक्तिमा पर्छन् । यी अभ्यासलाई हेर्दा नेपालले पनि आफ्नो मौलिकतामा आधारित धार्मिक र आध्यात्मिक गतिविधिबाट कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सक्नुपर्छ ।
मिथिला (नेपाल–भारत) दुवै तर्फका क्षेत्रमा सौहार्द खुशी र उमंगको महान पर्वहरुका रुपमा मनाईन्छ । रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको वैवाहिक कार्यक्रम–स्वयंवरको पनि हो । त्यसकै लागी हरेक वर्ष जानकी मन्दिरको प्राङ्गण भब्य रुपमा सजाइएको हुन्छ ।
हरेक देशले आ आफ्ना चाडपर्वलाई विभिन्न सफलतासँग जोडेर अघि बढाउने अवसरका रुपमा समेत प्रयोग गर्दछन् । त्यस्तै मध्येको एउटा अर्को उदाहरण हो अमेरिकाको दुई पटकको क्रिसमस । सन् १७७६ र १७८३ को क्रिसमस अमेरिकाको इतिहांसमा उपलब्धिमुलक रह्यो । जर्ज वाशिंगटनको महाद्वीपीय सेनाले डेलावेयर नदी पार गर्यो र डिसेम्बर २५ मा अमेरिकि स्वतन्त्रताको जग बसेको थियो । सन् १७७६ देखि सन् १७८३को अवधि ब्रिटिस उपनिवेशबाट अमेरिकि स्वतन्त्रताको महत्वपुर्ण अवधि थियो । अमेरिकि इतिहांसमा सन् १७८३को क्रिसमस इभ महत्वपुर्ण रह्यो ।
युगौं युग देखिको यति महत्वको कार्यक्रममा नेपालका न त कुनै रजनीतिक दलका नेताहरु पुगे न त कोही सेलेब्रेटीहरु नै उपस्थित
रहे । धार्मिक तथा सांस्कृतिक महत्वको यति ठुलो र भव्य उत्सवमा राज्यको ओपचारिक उपस्थिति भने प्राय शुन्य रह्यो । केवल स्थानीय तह र मधेश प्रदेश सरकारको सिमित भूमिका मात्रै देखिन्छ ।
संघीय सरकारका तर्फबाट यति भब्य कार्यक्रमलाई महत्वका साथ नलिईएको आभाष हुन्छ । राज्यका उच्च तहबाट दुई देशबीचको सेतुका रुपमा रहेको यो पर्वलाई ब्यवस्थित गर्न खासै चासो नदिईएको स्पष्ट देख्न सकिन्छ ।
नेपाल–भारत सम्बन्धका लागी समेत महत्वपुर्ण कडीका रुपमा रहेको रामजानकी विवाह पञ्चमीलाई कुटनीतिक रुपमा समेत नेपालले अघि बढाउन सक्नुपर्छ । तर त्यसो हुन सकिरहेको छैन् । कतिपय देशहरुमा गल्फ कुटनीति,क्रिकेट कुटनीतिले समेत दुई देशबीचको सम्बन्धमा टेवा पुर्याईरहेको हुन्छ ।
युगौं युग देखि मनाईदै आईरहेको राम जानकी विवाह पञ्चमीलाई सरकारले उच्च प्राथमिकतामा राख्न चुक्छ । विवाह पञ्चमीमा तिर्थालु भक्तजनहरुको यातायात र बसोबासको उचित ब्यवस्थापनका हिसाबले पनि कम्जोर रहन्छ । आध्यात्मिक तथा धार्मिक पर्यटनका पक्षबाट यति ठुलो अवसरलाई गतिलो आर्थिक कारोवारका रुपमा समेत अघि बढाउन सक्नुपर्ने अवसरबाट सरकार पछि पर्छ ।
फागु पुर्णिमा–होली,रामनवमी, जुडशितल, मध्य मिथिला परिक्रमा, धनुषाधाम मकर मेला यहाँको सांस्कृतिक र धार्मिक सम्पत्ति हुन् ।
रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको वैवाहिक कार्यक्रम–स्वयंवरको भब्यतापुर्वक मनाईन्छ। नपाल तथा भारतका विभिन्न ठाउँहरुबाट सर्वसाधारण श्रध्दालु भक्तजनहरुको उपस्थिति भने उत्साहजनक हुन्छ ।
विवाहपञचमी विधिवत जानकी मन्दिरबाट निस्कने माता सीताको डोला–दूल्हि पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला–दुल्हा पक्षको टोली जनकपुरधामको ऐतिहासिक रङ्गभूमि पुग्छन । जनकपुर स्थित रङ्गभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि उपस्थित तीर्थालुहरुबीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रम उत्साहपुर्वक सम्पन्न हुन्छ । स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएका लाखौं श्रद्धालुको उपस्थितिले यो पर्वको गरिमालाई थप बलियो बनाउँछ।
स्वयम्वर कार्यक्रमको समापन पछी रङ्गभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुगेपछी विवाह पञ्चमी उत्कर्षमा पुग्छ । जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र सीताको विवाह सम्पन्न हुन मध्येरात लाग्छ ।
मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चलेको वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गण र पुरै जनकपुरधाम हरेक वर्ष तयार रहन्छ । हजारौँको सङ्ख्यामा तीर्थालुहरुको उपस्थिति हुन्छन् । डिजिटल माध्यमबाट ड्रोनको प्रयोगमा मन्दिरका श्रब्यदृश्य प्रत्यक्ष प्रसारण समेत गरिन्छ ।
पर्यटन प्रवर्दधन,धार्मिक तथा आध्यात्मिक गनतब्य र नेपाल–भारतबीचको सम्बन्ध सुधारकालागी दुवै देशको हितमा रामजानकी विवाह पञ्चमीलाई कुटनीतिक उपाएका हिसाबले समेत प्रयोग गर्न सक्नुपर्ने देखिन्छ ।
देशले धर्म निरपेक्षताको नाममा महत्वपुर्ण चाडपर्व,संस्कृति र परम्परालाई उपेक्षा गर्न थालेको जनगुणासो पछिल्ला वर्षहरुमा बढ्दो छ ।




