समाचार

बाईलाईन ’बालेन’

प्रधानमन्त्रीको आकांक्षा बोकेर झापा–५ मा उम्मेद्वारी दिएका राष्ट्रिय स्वतन्त्रत पार्टीका नेता बालेन साह कुनै बेला प्रधानमन्त्री पाएको जिल्ला बाँकेको नेपालगन्जमा सोमबार अवतरण गरेका
छन् ।
मौषमि प्रतिकुलताा वाफजुत नेपालगन्जको राँझा विमानस्थलमा अवतरण गरेका उनलाई सर्वसाधारण र रास्वपा समर्थक कार्यकर्ताहरुले भव्य स्वागत गरे ।
पछिल्लो पटक एमाले अध्यक्ष के.पी.शर्मा ओलीको स्टाटसमा कमेन्ट गर्दै उनले सञ्जालमा फेरि चुनावकेन्द्रित चर्चा बटुलेका छन् । सार्वजनिक बहसमा नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापा सँग नबस्ने बताएपछी उनि थप लोकप्रियता बटुलेर प्रधानमन्त्रीको उडानमा मधेस झरेका हुन् ।

सोमबार विहान ११ः३० बजे नेपालगन्ज एयरपोर्ट खुले पनि प्लेन ढिला भएपछी उनि निर्धारित समय भन्दा निकै ढिला नेपालगन्ज पुगेका छन् । तर बालेनका समर्थक एका विहानैदेखि राँझा विमानस्थलमा उपस्थित भईसकेका थिए।
बाँके क्षेत्रनं. १ का रास्वपा उम्मेद्वार सुरेश थारु,बाँके क्षेत्र नं.२ का रास्वपा उम्मेद्वार विवेक श्रेष्ठ र क्षेत्र नं.३ का उम्मेद्वार खगेन्द्र सुनार विहान देखि नेपालगन्जको विमानस्थलमा आफ्ना समर्थक सहित उपस्थित थिए ।
नेपालगन्जमा रास्वपा र बालेन समर्थक फरक फरक सर्कलमा रहँदै आएको भएपनि बालेन नै रास्वपा प्रवेश गरेपछी संगठन थप बलियो भएको बुझिन्छ । बालेन आउने कार्यक्रम भएपछी केही दिन यता कारकाँदौ स्थित रास्वपा कार्यालय खचाखच देखिंदै आएको छ।
रास्वपा बरिष्ठ नेता बालेन आज बाँकेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने बताईएको छ । चुनाव लक्षित कार्यक्रमहरुमा देशका विभिन्न स्थान पुगीरहेका बालेनको गनतब्य सूदुर पश्चिम सम्मको हो । उनि यसपटक आफ्ना विश्वास पात्र भुपदेव शाहको चुनावी क्षेत्र अछाम सम्म पुग्नेछन् । त्यस अघि उनि बर्दिया र कैलालीका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् ।
वि.सं.२०७९को निर्वाचनमा रास्वपाले बाँके क्षेत्र नं. २ नेपालगन्जबाट बाट १३,३३ मत मात्रै पाएको थियो । तर यसपटक रास्वपाले आफ्ना उम्मेद्वार बदलेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके क्षेत्र नं. २ मा समानुपातिक तर्फ ४०९७ मत पाएको थियो । समानुपातिक तर्फबाट लक्ष्मी तिवारी प्रतिनिधि सभा सदस्यमा संसद पुगेकी थिईन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button