राजनीतिले ‘बालेन’ खोज्यो वा ‘बालेन’ले राजनीति
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लगातार २ चुनाव जितेर लोकतन्त्रको मजवुत पक्षमाथि जर्बजस्त आप्mनो हक स्थापीत गरेका छन् । भर्खर मात्रै सरकार गठन भएको छ । शाह नेतृत्वको सरकारलाई नागरिकका अपेक्षा पुरा गर्ने जिम्मेवारी छ ।
र्यापर र इन्जिनियरिगं क्षेत्रमा काम गरिरहेका बालेन्द्र शाहले समाजिक विकृति माथि र सरकारका काम गर्ने शैलीमाथि जोड्दार विमति राख्दथे । बालेनले काठमाडौं महानगरको मेयरमा चुनाव जितेर राजनीतिमा अघि बढे । यद्यपी उनको राजनीतिक दलहरु प्रतिको धारण उति उदार देखिएको छैन् । तर समयले उनलाई कुनै न कुनै राजनीतिक दलमा जोडिनै पर्ने अवस्थामा खडा गरिदियो ।
राजनीतिमा हरेक सम्भावना खुल्ला रहन्छन् । लोकतान्त्रिक व्यवस्थामा जनमत बटुल्न सक्ने हो भने एउटा नागरिकलाई कार्यकारी प्रमुख सम्म बन्ने अवसर हुन्छन् । एउटा त्यस्तै उदाहरणका रुपमा नव नयिुक्र प्रधानमन्त्री बालेन्द्र शाह हुन् । उसो त बदलिएको विश्व राजनीतिको परिवेशको हावाले नेपाललाई नछोएको कहाँ छ र ? तर पनि संसदीय अभ्यासको अभ्यासकर्ता नेपालमा शाह पहिलो पटक सांसद निर्वाचित भए लगत्तै सोझै प्रधानमन्त्री नियुक्त हुनु चानचुने विषय भने होईन् । उनिसँग क्याविनेटको अनुभव त टाढाको कुरा भयो संसदीय अभ्यासको समेत अनुभव छैन् । तर यी विषय उनको कार्यशैली कस्तो हुनेछ भन्नेमा गएर टुगिंने छ । यसो त क्याविनेटको अनुभव नभएका नेपाली कांग्रेसका तत्कालिन सभापति स्व.सुशील कोइराला पनि सोझै प्रधानमन्त्री भएका थिए । कोइराला नेतृत्वको सरकारले नै संविधानसभा बाट संविधान २०७२ जारी गराएको थियो । यसपटक सोही संविधानको धारा ७६ उपधारा (१) को प्रयोग समेत भयो ।
क्याविनेटको अनुभव समेत नभएका व्यक्तिले सोझै प्रधानमन्त्री पद जस्तो कार्यकारी पदबाट कसरी सेवा दिनेछन् भन्ने विषय आम चासोका रुपमा देखिन्छ । उनिमात्रै होइनन उनको क्याविनेटका अधिकांश सदस्यहरु नयाँ छन् । अनुभवको कमिले सेवा गुणस्तरमा व्यवधान नहोस भन्ने आम अपेक्षा छ। झपा निर्वाचन क्षेत्र नं. ५ बाट फेरी एक पटक देशले प्रधानमन्त्री पाएको छ । यसअघिका प्रधानमन्त्री पनि सोही क्षेत्रबाट निर्वाचित थिए ।
न्वनियुक्त प्रधानमन्त्री शाहको पार्टी राजनीतिको फराकिलो सफर छैन् । काठमाडौंमा स्वतन्त्र रुपमा मेयर जितेर राजनीतिक पारी खेलेका शाहलाई अब पार्टी संगठनको समेत दबाव र प्रभाव रहने छ । मधेसको महोत्तरी उनको पुर्ख्यौली थलो भएपनि नवनियुक्त प्रधानमन्त्री शाह काठमाडौंको सुविधा सम्पन्न समाजको स्कुलिगंमा हुर्किएका हुन् । उनले मधेसको समस्या भोग्नु परेन न त विभेदको ने सामना गर्नु पर्यो ।जनकपुरमा आयोजित चुनावी सभामा शाहले औपचारिक रुपमा पहिलोपटक मातृ भाषाको प्रयोग गरेको सुनिएको थियो । अनि सुदूरपशिचममा थोरै उतैको भाषामा अभिव्यक्ति दिएका थिए । देशमा वि.सं.२००७ सालमा प्रजातन्त्र स्थापना भए यता डा.तुल्सी गिरि र सूर्यबहादुर थापा पछी कम उमेरका शाह प्रधानमन्त्री भएकाछन् ।
प्रधानमन्त्री शाहको दल रास्वपाले चुनाव अघि गरेको घोषणापत्रको कार्यान्वयनलाई नागरिकले पर्खिने छन् । तर संविधान संशोधन जस्तो संवेदशनिशल विषयमा भने प्रधानमन्त्री शाह र रास्वपाले अधिकतम सहमतिबाट गर्नुपर्ने हुन्छ । संविधान निर्माणमा योगदान गरेका दलहरु संसदमा कम्जोर अवस्थामा छन् । कतिपय दलहरु संसदमा समेत छैनन् । तर पनि संविधान निर्माणको कठिन समयमा उनिहरुको लगानी छ भन्ने विषयलाई सत्तामा पुगेकाहरुबाट नजरअन्दाज गरिनु हुँदैन् ।
भारतमा एकजना युवा राजनीतिज्ञ छन् राघव चड्डा जो आम आदमी पार्टीबाट राज्यसभा सांसद छन् । उनले भनेका थिए राजनीतिमा म आएको होइन,राजनीतिले मलाई तानेको हो । चाटर्ड अकाउण्टको व्यावसायीक करिअरमा रहेका उनले चर्चित अन्ना हजारे सँगको जन लोकपाल आन्दोलनसँग आँफुलाई जोडेका थिए ।
यता नेपालमा छोटो अवधिकै राजनीतिमा मेयर देखि प्रधानमन्त्री भएका शाहको राजनीति पनि उनले चाहेर राजनीतिमा आएका हुन वा उनलाई राजनीतिले तान्यो वहसको विषय छ । जनमतबाट अनुमोदन भइसकेपछी अब उनका विषयमा उनले गर्ने कामले उनको मुल्यांकन हुँदै जाने नै छ ।




