समाचार

‘यहाँ सबैलाई हतार छ…..’ बालेनको गित सापटी !

चार वर्ष अघि बालेन साहको एउटा गित आएको थियो,रचना दाहालसँगको सहकार्यमा गित ‘यहाँ सबैलाई हतार छ…..’ बजारमा ल्याएका थिए । काठमाडौंका मेयर बालेनलाई अहिले उनको गीत ‘यहाँ सबैलाई हतार छ…..’ले सायद भविष्यमा लखेट्ने छ । किनकी उनले महानगरको मेयरको कार्यकाल पुरा नगरेर प्रधानमन्त्री पदको हतार गरेका छन् (यदी मेयरबाट राजीनामा दिएर सासंदको उम्मेद्वार भए भने)।
आसन्न संसदीय चुनावलाई केन्द्रमा राखेर नेपालमा नयाँ राजनीतिक दलहरुले सहकार्य र गठबन्धनका प्रयासहरुलाई तिव्रता दिईरहेका छन् । त्यसको पछिल्लो कडीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र साहबीच एकता भएको छ । उसो त साह कुनै पनि दलसँग आवद्ध नभएर स्वतन्त्र चुनाव जितेका मेयर हुन । तर रास्वपाले उनको लोकप्रियतालाई ठुलो पुंजीका रुपमा स्विकार्दै सभापति रवि लामिछानेपछीको दोस्रो वरियता सँगै प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि बढाउने निर्णय लिएको छ ।
त्यसैगरी फागुन २१को चुनावलाई मध्यनजर गर्दै अन्य नयाँ दर्ता भएका दलहरुले पनि विभिन्न पक्षसँग सहकार्यको प्रयास गरिहेकै छन् । यसबीच राजनीतिक दलसँग आवद्ध भएसँगै अब मेयर बालेन स्वतन्त्र रहेनन् । उनि संसदीय अभ्यासमा अघि बढ्ने तयारीमा पुगे । यो विषय अघि बढ्ने हो र उनि प्रधानमन्त्रीका रुपमा मैदानमा जाने हो भने काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिनेुपर्ने छ । यदी उनिले कार्यकाल पुरा नगरेर राजीनामा दिएर अघि बढे भने आलोचना खेप्नु पर्ने छ।
काठमाडौंको मेयरमा स्वतन्त्र निर्वाचित बालेनले करिव ३९(३८.६)प्रतिशत मत प्राप्त गरेर राजनीतिक दलहरुलाई गतिलो जवाफ दिएका थिए ।
‘मान्छेले मान्छेलाई लतार्छ…।’ उनै बालेन साहको गीतको ह्रफ हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button