समाचार

अमेरिकाको त्यो असफल अपरेसन

यति बेला मलाई इरानी राजा सुल्तान रेजा शाह पहलवीले आयोजना गरेको रात्रिभोजलाई इरानका लोकप्रिय नेता अयातुल्लाह रुहोलिया खुमैनीले ‘भूतको पार्टी’ भनेको घटनालाई सम्झन मन लाग्यो। रोचक त के छ भने त्यो शाही पार्टीमा युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेफ ब्रोज टीटोमोनाका प्रिसं रेनिअर र राजकुमारी ग्रेस, अमेरिकी उप राष्ट्रपति सिप्रो आग्नेयु र सोभियत सङ्घका नेता निकोलोई पोगानी रमाइरहेका थिए।

इजरायलले इरानका विरुद्ध ‘राइजिङ्ग लायन’ अपरेशन चलाएर एकपटक फेरि धावा बोलेको थियो। इजरायलको कारवाहीमा इरानको परामाणु क्षेत्रमा ठुलो क्षति भएको स्पस्ट। साथै इरानको सशस्त्र बलका चीफ अफ स्टाफ मेजर जनरल मोहम्मद बाघेरी र इरानको इस्लामिक रिभोल्युशनरी गार्डस प्रमुख हुसैन सलामीको समेत ज्यान गएको छ। इरानमा शिया मुसलमानको सङ्ख्या उल्लेख्य छ।आईआईएफएसएसका अनुसार इरानमा ५ लाख २३ हजार सेना छन्। त्यही सेना मध्ये इस्लामिक रिभोल्युशनरी गार्डस इस्लामिक व्यवस्थालाई मजबुत बनाउन ४० वर्ष अघि स्थापना भएको थियो।

एउटा अर्को प्रसङ्ग ; इरानमा १९७९ मा अमेरिकी दूतावासका ५२ जना कर्मचारीलाई करिब एक वर्षसम्म बन्धक बनाइएको थियो। उक्त घट्नामा खुमैनीको समर्थन रहेको अमेरिकाको बुझाई रहँदै आएको छ। अमेरिकी सेनाले गरेको ‘Operation Eagle Claw’ इरानमाथि असफल भएको थियो। अँग्रेजी फिल्म आर्गो त्यही अपरेसनमा आधारित हलिउड चलचित्र हो। उक्त चलचित्रलाई अफ लिकले निर्देशन गरेका छन् भने जर्ज कोलोनी र ग्रयान्ट हेश्लभले लगानी गरेका थिए। इरान कै विषयलाई लिएर अमेरिकाका तत्कालीन राष्ट्रपति जिम्मी कार्टर दोस्रो कार्यकाल राष्ट्रपति हुन नसकेको समेत कतिपयको बुझाई छ।

सन् १९७०–७१ मा नै अमेरिका र इरानबिच सम्बन्धमा दरार आइसकेको थियो। सन् १९७९ ताका भएको इस्लामिक क्रान्ति भन्दा पहिले खुमैनीले टर्की, इराक, फ्रान्स लगायतका देशहरूमा खुमैनीले निर्वासित जीवन बिताएका थिए। खुमैनीको दलिल थियो कि तिनै राजा पहलवीले गर्दा अमेरिकी परनिर्भरता बढेको हो। अझै अर्को ऐतिहासिक घटनामा त के हो भने सन् १९५३ मा मोहम्मद मोसादेगको लोकतान्त्रिक सरकारलाई अमेरिका र ब्रिटेनले अपदस्थ गरी राजा पहलवीलाई सत्ता सुम्पेको थियो। देशमा मोसादेगलाई नै तेल उद्योगको राष्ट्रियकरण गरेको श्रेय दिन्छन् इरानी जनता।

सन् २०२० को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा इरानका एकजना लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएको थियो। त्यो घट्नाले विश्व राजनीति तरङ्गित भयो। उतिबेला पनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प थिए। र राष्ट्रपति डोनाल्ड ट्रम्प छन्।

त्यो बेला इरानले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य समेत तोकेको थियो। अमेरिकाले मारिएका सुलेमानीलाई आतङ्ककारी घोषणा गरेको थियो।

सन् २०२० मा सुलेमानी इराकका कार्यकारी प्रधानमन्त्री अदिल अब्दूल मेहदीको निमन्त्रणामा इराक पुगेका बखत अमेरिकी सैन्य कारबाहीमा मारिएका थिए। सुलेमानी मारिएको घट्नालाई इराकले राजनीतिक हत्या बताउँदै आफ्नो देशमा रहेका अमेरिकी सैनिकलाई देश छाड्न भनेको थियो।

उतिबेला इरानको विशिष्ट सैन्य वल कुर्दस फोर्सका प्रमुख रहेका सुलेमानी इरानी नेता अयातुल्लाह खुमैनी पछिका सबैभन्दा लोकप्रिय व्यक्तिमा पर्दथे। स्वयं खुमैनीले ‘नमाज–ए–जनाजा’ पढेर सुलेमानीको अन्तिम बिदाइ गरेका थिए। अन्तिम बिदाइमा लाखौँ नागरिक सहभागीता जनाएका थिए।

मारिएका सुलेमानीको बिदाइसँगै तेहरानमा अवस्थित मस्जिद–ए–कुममा रातो झन्डा फहराइएको थियो। उक्त मस्जिदमा रातो झन्डा फहराइनुलाई औपचारिक रूपमा युद्धको घोषणा भएको मानिन्छ।सन् २०२० को जुन  २१ तारिकमा अमेरिकी शक्तिशाली जासुसी ड्रोन ट्राइनलाई इरानले खसालेको थियो। त्यसयता इरान र अमेरिकाबिचको सम्बन्धमा थप चिसोपन आउन थालेको हो। 

सन् १९८० को  दशकमा जब इराक र इरानबिच युद्ध भयो त्यति बेला सद्दाम हुस्सैनलाई अमेरिकाले पनि साथ दिएको थियो।  करिब १० वर्ष चलेको त्यो युद्धमा इरान र इराकका झन्डै ५ लाख सैनिक मारिएका थिए। त्यो लडाइँमा सोभियत सङ्घ पनि इराकको साथमा थियो। यता जब इरानमा खुमैनी सत्तामा फर्किए उनी वामपन्थी आन्दोलनसँग दुरी बढाउँदै जान थाले। सन् २००२ को आसपासमा त इरानले पनि परमाणु कार्यक्रम सुरु गरिसकेको अन्तर्राष्ट्रिय समुदायको बुझाई छ।
अमेरिका र इरानबिचको सम्बन्ध सँधैजसो तनावपूर्ण रहँदै आएको छ। तर पछिल्ला सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ‘ज्वाइन्ट कम्प्रीहेन्सिब प्लान अफ एक्सन’ सुचारु गरेको थियो। डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा थप चिसोपन आउन थालेको हो।

यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएइए)ले इरानले परमाणु हतियार बनाएर मिसाइल परीक्षण गर्न खोजिरहेको रिर्पोट तयार पारेपछि अन्तर्राष्ट्रिय स्तरको दबाब र नाकाबन्दीको सामना गर्दै आइरहेको इरानले ‘पी ५ प्लस १’ (अमेरिका,फ्रान्स,जर्मनी,ब्रिटेन,रुस र चीन)को लगातारको दबाब पछि २०१५ मा भियानामा परमाणु सम्झौता भएको थियो। सम्झौता युरेनियम भण्डारणको हद ३ सय केजी मात्रै र बाँकी तयारी युरेनियम रुसलाई हस्तान्तरण गर्ने तय भएको थियो। रुसले  १ सय ४० टन प्राकृतिक युरेनियम ‘एल्लो केक’ इरानलाई दिने सहमति बनेको थियो।

चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठुला देश हुन्। तर बदलिँदो परिवेशका कारण दक्षिण कोरिया र जापानले इरानबाट तेल खरिद गर्न बन्द गरिसकेकाछन्। इरानको केन्द्रीय बैङ्कसँग अन्तर्राष्ट्रिय स्तरका आर्थिक गतिविधिमा रोक लाग्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button