समाचार
’नेपालगन्जः कथा,व्यथा र असमानता ’
’है अजीब शहर की ज़िंदगी न सफ़र रहा न क़याम है
कहीं कारोबार सी दोपहर कहीं बद–मिज़ाज सी शाम है’
बशीर बद्रका यी पंक्तिसँगै नेपालगन्जको आँत खोत्लदैछु । जो निभ्न थालेको दिप झैं देखिएको छ ।
नेपालगन्ज देशको नाम जोडिएको सहर हो । अवध क्षेत्रको गुल्जार बजार पनि हो नेपालगन्ज ।
पुराना कुरा र नयाँ विषयमा नेपालगन्ज बेलाबखत रुमलिन्छ । सत्ताको रापले बेला न कुबेला रनभुल्लमा पर्छ नेपालगन्ज । सडक चौडा भएपनि बटुवाको मन खुम्चिएको छ नेपालगन्जमा । त्यसका कारण अनेकौं छन् । कतिपय कारक राजनीतिक छन । कति सामाजिक सदभावबाट उत्पन्न हुन्छन । अनि थोरबहुत आर्थिक पनि छन् ।
बाईसे राज्यमा किल्ला रह्यो । अँग्रेजहरुबाट राणाले फर्काईदिएर राजाले चर्चेको शहर । रैती हुँदै जनता र दलहरुले सिंगार्न खोजेको नेपालगन्ज । तर कहाँ के छुट्यो,कहाँ के पुगेन । अलुनो बन्दै गईरहेको शहर–नेपालगन्ज । अहिले कुष्ठ रोग र अङ्गभङ्ग भएको विरामी झैं अलपत्र छ ।
देशकै पुराना शहरहरु मध्यको नेपालगन्ज रन्थनिएको छ । भौतिक विकास र जिवन स्तरको सूचकांकमा कम्जोर अवस्थामा जगेडा बस्ति जस्तै मौन छ । अनि नेपालगन्जीयाहरु मौनतामा समृद्धिको सपना देखिरहेका छन् ।
शासक र जनप्रतिनिधिहरुले नेपालगन्जीयालाई बेसमारी झुक्याएको शहरका गल्लिहरु शिक्षा र स्वास्थ्यको अँध्यारोमा परेको जुग बित्यो ।
अँध्यारा गल्लि मोहललामा उज्यालो ल्याउने राजनीतिक परिवर्तनले नेपालगन्ज ट्रान्जिटमा बदलियो । बसाइँ सराईले नेपालगन्ज भासमा पर्दे जाँदा शहरिकरणको फितलो ब्यवस्थापनको अचानोमा छ ।
सुब्बा–बडा हाकिम देखि अञ्चलाधिस अनि जिल्ला विकास समिति हुँदै जिल्ला समन्वय समितिको ब्यवस्थापनमा नेपालगन्ज बामे सर्यो हिंड्न खोज्यो तर दौडन नसक्ने भयो ।
पञ्चायतमा पटक पटक थुप्रै मन्त्री,प्रजातन्त्रमा सांसदहरु र गणतन्त्रात्मक संघीयतामा प्रधानमन्त्री समेत उत्पादन गरेको शहर हो –नेपालगन्ज ।
जिल्ला बाँके नाम भएजस्तै समृद्धिको यात्रामा नेपालगन्जमा बहुआयामिक काम बाँकी नै छन् । शहरका अपेक्षा र आकाङ्क्षा उकालो लागणदा छन् । हिमाल,पहाड र मधेस घुलित बसोबासको संगम नेपालगन्जको उपादेयीता शासकहरुले बुझ्ने प्रयास गरेनन् ।
गजलका शेरले मात्रै होईन खेलका वाहुले पनि गुल्जार हुने शहर पनि त हो नेपालगन्ज । त्यो शान र शौकतमा मन्दिरका घण्ट,मस्जिदका अजान र गुरुद्वारको लङ्गरमा मस्त रहने वस्तिको सिङ्गो छत हो नेपालगन्ज । तर खै किन सामाजिक सदभावको विचलनले बेला बखत धुँवा धुँवा हुन्छ नेपालगन्ज । दोषी शहरकै हुन । तिनका कारक वस्ति भित्रकै त हुन । जो कुर्ताको रङ्ग र शिरको कस्तो टोपी छ भनेर विभक्त भईदिन्छन् ।
मलामी र मट्टि सँगै दिन जानेहरु सडक र चौकका वारपार भएर कटुता दखाउन पछी पर्दैनन् । त्यही सदभावको तावामा राजनीतिको रोटी सेक्छन राजनीतिकदलहरु । अनि भुङ्ग्रोमा पर्छन नेपालगन्जीया । बेला घर्केको परिणाम देखेर मौन बस्छन तिनै नेपालगन्जीयाहरु । ति मध्येको एक पात्र म पनि हुँ सायद तपाईं पनि ।
मजार र शक्तिपीठमा भाकल गर्नेहरु अत्तर छर्केर र टिका लगार अङ्कमाल त गर्छन तर बगलीमा धर्मको छुरा बोकेर । यो तहको अविश्वास मेटिनुपर्छ शहर अघि बढाउन ।
ब्यवस्था परिवर्तनको आन्दोलनमा नेपालगन्ज सँधै अग्रमोर्चामा रह्यो । यद्यपि आफ्नो ब्यवस्था बदल्न नसकेको शहरका रुपमा चित्रित हुनु परेको छ–नेपालगन्जलाई ।
अवसरको खोजिमा नेपालगन्ज पसेकाहरुहरुले नेपालगन्जको मुटुका धमनि चुडिनेगरी चुसेर कुलेलम ठोक्छन् नेपालगन्जबाट । त्यति नबुझेरै पनि नेपालगन्जीयाहरु मौन बस्नुपरेको छ ।
समुन्द्रको मौनताबाट अकस्मात निस्कने छालहरुले संसार हल्लाउँछ । कुनै दिन नेपालगन्जीयाको मौनताले सत्ता र शासकलाई पक्कै हल्लाउला । तर पुस्तौं पुस्ताको नेपालगन्जमाथिको लगानि कतै बालुवामा पानी नहोस ।
भारतसँग सिमा जोडिएको शहर । भारतको सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशसँग खुल्ला सिमा प्रयोग गर्ने शहर हो । उद्योग,ब्यवसाय र बजारिकरण,यातायात र भन्सारलाई ब्यवस्थित बनाउन नसक्दा नेपालगन्ज उम लाग्न सकिरहेको छैन् ।
अपार सम्भावना र प्रचुर अवसरका वाफजुत नेपालगन्जको गति कछुवाको तालमा छ । दोषी नेपालगन्जीया सबै हुन । सत्ता र शासक त जहाँका पनि अनुदार नै रहन्छन् । सिद्दान्तमा साजवाद लेखेर मुल प्रवृत्ति कहाँ बदलिन्छ । त्यसको पटाक्षेप नेपालगन्जले भोग्नु परिरहको छ ।
विरियानी खान आउने शासकहरुले विरियानी पचायर जान्छन् । मुसायरमा मस्तहरुले रङ्गिन साँझ उपहार लिएर हिंडछन् । हलुवा पराठाको स्वाद चाख्नेहरुले सत्तामा पुग्दा नेपालगन्जको स्वाद भुलिदिन्छन् । चाट र रावडी खाएर वाह ! नेपालगन्ज भन्नेहरु नेपालगन्ज छाडेर जाँदा मच्छड र गर्मीको याद मात्रै बोकेर हिंड्छन् ।
नेपालगन्जीयाको नासो खासै ’भ्यालुएबल’ लाग्दैन शासकहरुलाई । नगद कमाएर उधारोमा नेपालगन्जसँग साईनो गाँस्ने अभिजात वर्गको तावाको जलेको रोटी भएको नेपालगन्ज । के तपाईं हामी जागृत हुनै नसक्ने मौनतामा छम त ?
मिनपचासको मुटु कठ्याङ्ग्रिने जाडोले मौन बनाउने नेपालगन्जलाई जेठमासको तातो हावाले स्तब्ध बनाउँछ ।
गौना थौनाले चहकिलो बनाउने नेपालगन्जका बस्ति दहेजले जलाउँछ । राप्तिले लपेटेर घरवार विहिन बनाउने बाँकेको मुटु नेपालगन्ज रक्तस्रावको खालमा परिरहन्छ । तर पनि मौन रहन्छन नेपालगन्जीया ।
’गुल्जार–ए –अदब’ नेपालगन्जको एउटा रस्वादन गराउने थलो हो । हालाकी पछिल्ला बर्षहरुमा नेपालगन्ज गुल्जार कम गुल हुने परिवेसबाट गुज्रिंदै गईरहेको छ ।
देशका नाम चलेका लेखकहरुले नेपालगन्जका विम्बलाई प्रयोग गरेर उत्कृष्ट साहित्य र आख्यान लेखेका छन् ।
पञ्चायत र शसस्त्र युद्द ताका नेपालगन्ज सबैको शेल्टर भएर छत दिने शहर थियो । तिनै शेल्टर लिएकाहरु सत्तामा पुग्दा नेपालगन्जलाई नजरअन्दाज गरेर अहो नेपालगन्जको गर्मी भनेर नाक खुम्च्याउँछन ।
संघीयताको कार्यान्वयनले निरासा थपेको नेपालगन्जमा सरकाको वार्षिक बजेटले झनै आहत बनाउँछ । असमान वजेट वितरणको परिपाटीको शिकार बन्दै गईरहेको नेपालगन्ज आँफैमा कम्जोर त होईन नि है ।
विभिन्न खाले अवसर,लगानी र बजारको बलियो केन्द्र ओझेल पर्नुमा नेपालगन्जीयाको मौनता पनि एक कारक हो । कतिबेला जागृत हुने हुन त मौन नेपालगन्जीया ? यो प्रश्नको जवाफ यही पुस्ताले दिनुपर्छ । स्वयंका लागि अनि भावि पुस्ताका लागी पनि ।
पुर्खाले सुम्पिएको उर्वर नेपालगन्जको नासो यो पुस्ताले सम्म उपभोग गर्यो तर भावि पुस्तालाई हस्तान्तरण गर्न लायक बनाउनुपर्ने जिम्मेवारीबाट पन्छिन मिलदैन् ।
पानको स्वाद लिन पाईयो तर सार्वजनिक स्थलमा पानको पिच्च–पिच्चले दूरगन्धित भित्ता र गल्लिहरु श्रमनाक छन् । तर पनि ओथारो बसेको पोथि झैं चुपचाप छन नेपालगन्जीया ।
भाषा,संस्कृति,परम्परा,भेषभुषा,रहनशहन र खानपीन अनि सांस्कृतिक सम्पदाले सम्पन्न नेपालगन्ज शहरको बालापनलाई पुर्खाले सम्हालेर यौवन बनाईदिई । अनि त्यो यौवनता सदियौं सम्म कायम राख्ने जिम्मेवारी हाम्रो पुस्ताको काँधमा छ । नेपालगन्जलाई बुढेसकाल नलागोस भनेर दिन दुई गुणा रात चौगुणा मेहनत गर्नुपर्ने पुस्ता शहरमा छ।
डिजिटल दूनियाँको मोर्चा बढीरहँदा नेपालगन्ज क्यासलेस जस्तै ढुलमुलमा छ । स्टार्टअप र ट्राभल डायरीमा नेपालगन्ज कम्जोर डुटामा छ । इण्टरनेटको ट्राफीकमा नेपालगन्जका भ्युअर र शेयरकर्तारु नतिजा विहिन हुनुहुँदैन् । यो स्वतन्त्रताको युगमा नेपालगन्जको अनुरागले कुतकुत्याउँदा शब्दका प्लट आख्यान सम्म फैल्याउन सक्नुपर्छ ।
कतिपय मान्यता भत्काएर सम्भावनाका फाँट मधेसको खुल्ला आकासमा मौलाउन नेपालगन्जको छाति फराकिलो बनाउन सक्नुपर्छ ।
भौतिक विकास त जसोतसो भईरहेकै छ । अपेक्षाकृत भन्दा कम अनुपातमै भलै तर शिक्षा,रोजागारि,उद्योग ब्यवसाय र स्वास्थ्य क्षेत्रको अवस्था नेपालगन्जमा सन्तोष गर्न लायक छैन ।
नेपालगन्जमा निजि क्षेत्रका शिक्षण संस्था र स्वास्थ्य संस्थाहरु आम नागरिकको पहुँचको स्तर भन्दा महङ्गा हुँदै गईरहेकाछन् ।
नेपालगन्जमा स्वस्थ पीउने पानीको जल स्तर ’वाट टेबल’ ह्रासहुने क्रममा छ । शहरमा हरित क्रान्तिका नमुना पटाक्षेप भएपनि परिणाम मुखी काम भएको देखिंदैन् । संघीय सरकारको असमान वजेट वितरणको मर्कामा परिरहन्छ नेपालगन्ज । सिङ्गो बाँके जिल्ला वजेटको चक्रव्युमा छ ।
स्थानीय तहका जनमुखी कार्यक्रमहु लक्षित वर्ग सम्म पुग्न नसकिरहेका जनगुणासा कस्ले सुनिदिने ?
शिक्षा क्षेत्रको अवस्था विद्यालय तहका पछिल्ला नतिजाले उत्साहीहुने खालका देखिंदैनन् ।
रोजगारि र अवसरको खोजीमा युवा जनशक्ति खेर गईरहेको छ । त्यसको ब्यवस्थापनका लागि स्वरोजगार मुखी कार्यक्रम आबश्यक
छन् ।
शहरमा नयाँ रेष्टुरेन्ट र क्याफे कल्चर भरमार बढ्यो । सँगै नेपालगन्ज अपराधिहरुको क्रिडा स्थल जस्तै दूर्गन्धित छ ।
नागरिक स्तरमा नेपालगन्जको त्यो शहरको विरासत गुल्जारता फर्काउन हरसम्भव प्रयास निरन्तर अघि बढाउन जरुरी छ । यो अंक ति हर सम्भावनालाई नयाँ रोडम्यामका खातिर सेतु बन्ने आशा गर्दछु ।
कथा र व्यथा मानिसका अनेकन हुन्छन् । अनि ति मानिस बस्ने वस्ति र शहरका पनि हुन्छन् । कति लेख्ने कति नलेख्ने तौल्न जरुरी छ । लेखेका विषयलाई उचाईमा पुर्याउन सक्नुपर्छ । सञ्चार माध्यम र सञ्चारकर्मीको बाक्लो उपस्थिति पनि छ नेपालगन्जमा । नेपालगन्जलाई गुल्जार बनाउने भूमिकामा सञ्चार जगतको हिस्सेदारी पनि जरुरतमन्द छ।
’दोस्तो तुम से गुज़ारिश है यहाँ मत आओ
इस बड़े शहर में तन्हाई भी मर जाती है’
जावेद नासिरका यी शेर सँगै यो पटको बसाँई विट मार्छु।’