समाचार

संवाद यात्रा देखि सभापति सम्म गगन थापा

 
वि.सं. २०७९ सालको पुसमा संसदीय दलमा सभापति शेरबहादुर देउवा सँग ३९ मतले पराजित भएदेखि नै सोचेअनुसार नतिजा नआउँदा गगनकुमार थापाको राजनीतिक कोर्सको बदलावको भाव शुरु भईसकेको थियो। त्यति मात्रै होईन नेपाली कांग्रेसका महामन्त्री रहँदा गगन थापाले संसदीय दलको चु्‌नावमा पराजित भइसकेपछि आफु क्याविनेटको हिस्सा नबन्ने बताएका थिए। 

मूलरुपमा नेपाली काँग्रेसको संस्थागत कार्यक्रमको तालिकामा महामन्त्रीको ‘संवाद यात्रा’ कार्यक्रमले के सन्देश दिन खोजेको भनेर चर्चा पनि बटुलेका थिए महामन्त्री रहँदै थापाले ।
वि.सं.२०८० साल माघ १६ गतेदेखि सहिद सप्ताह पारेर ‘समुदायमा काँग्रेस’ अभियानको पहिलो चरण सुरु हुने थियो तर महामन्त्री थापाले १३ गते नै मेची पुलबाट ‘समुदायमा काँग्रेस’ सुरु भएको सन्देश लेख्दै आफ्नो ‘संवाद यात्रा’ कार्यक्रम लन्च गरिसकेका थिए।
काँग्रेसभित्र तीर्थस्थल मानिने विराटनगर–मोरङ पुगेर कोइराला परिवारकी महत्वपूर्ण पात्र स्व. नोना कोइरालाको शालिकसामु महामन्त्री थापा उभिएका थिए। त्यो दिन नोना कोइरालाको स्मृती दिवस पनि थियो।
महामन्त्री थापाले ‘समुदायमा कांग्रेस’ को ब्यानरमुनि ‘संवाद’ र ‘यात्रा’ शब्दलाई कलात्मक रुपले उल्लेख गरेका थिए । यति कुरा पृष्ठभूमीमा छन्। कार्यकर्ताहरू पनि पार्टीको (तत्कालिन) महामन्त्री नै आफ्नो जिल्ला र ठाउँमा उपस्थित भइरहँदा उत्साहित देखिन्थे। चाहे त्यो ‘समुदायमा कांग्रेस’ को नाममा होस वा ‘संवाद यात्रा’ को शीर्षकमा होस्। यिनै अवसरलाई प्रयोग गर्दै कार्यकर्ताको घर–आँगनमा पुगेका थिए, महामन्त्री छँदा थापा।
अहिले उनि नेपाली काँग्रेसको सभापति भईसकेका छन् । थापाको अबको राजनीतिक रोडम्याप के होला? यो आम कार्यकर्ता र (केही हदसम्म) जनताको चासो पनि जोडिएको देखिन्छ। कार्यकर्ताहरू आफ्ना समस्या र गुनासाका पोका आफ्ना नेता सामुन्ने खोल्न पाउँदा केही हदसम्म उत्साहित पनि भएकै थिए।
कुनै बखत थियो स्व. गिरिजाप्रसाद कोइराला कार्यकर्ताहरूका घर दैलोमा पुग्थे। स्व. सुशील कोइरालाले पनि त्यो पदचाप पछ्याए।
सभापति थापाले व्यक्तिगतरुपमा पार्टीभित्र मार्ग बदल्न उपयुक्त समयमा निर्णय लिईन्छ भन्दै आईरहेका थिए । पुषमा सम्पन्न विशेष महाधिवेशनले त्यो उपयुक्त समय देखायो । काँग्रेस पार्टीभित्र वैचारिक वहसको ह्रास छ। नेतृत्वमा स्थापित हुन र संगठनमा दवदबा कायम गर्ने ध्येयले पछिल्लो समय काँग्रेस ग्रस्त छ। सभापति थापाको चासो यस्तै विषयमा केन्द्रित थियो ।
थापाको त्यो संवाद यात्राले आगामी महाधिवेशनका लागि वैचारिक र नेतृत्वको वेग्लै लाइन बनाउने सम्भावनालाई खुल्ला राखेको विश्लेषण समेत भइरहेका थिए । तर साँच्चिकै त्यो उदेश्यमा थापा सफल होलान्? यो प्रश्नले सभापति थापालाई नै बढी खोतल्ने छ ।

शनिबार, चैत्र १७, २०८० नेपाली काँग्रेसका महामन्त्री रहँदा गगनकुमार थापाले चुनाव हारिन्छ कि भन्ने डरले विचार नमिल्नेसँग गठबन्धन गरिनु पार्टीले गरेको सबै भन्दा ठुलो गल्ति भएको बताएका थिए । त्यसको जगमा सभापति भईसकेपछी उनले गठबन्धन नगरेर देखाएका छन् ।
बाँकेको राप्ति सोनारी गाउँपालिका–६ फत्तेपुरमा जनसंवाद कार्यक्रममा उतिबेला थापाले चुनाव हारेपछि सरकारमा पुग्न सकिँदैन कि भन्ने भयले नेताहरू डराउँदा यो अवस्था आएको बताएको स्मरणयोग्य छ ।

वि.सं. २०८० साल माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा केही समय स्थगित भएर फेरि शुरु भएको थियो। पहिलो चरणमा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको संवाद यात्रा फेरी अघि बढेको थियो ।

पूर्व–पश्चिम राजमर्ग र हुलाकी सडक आसपास केन्द्रित रहेको महामन्त्री रहँदा थापाको संवाद यात्रामा संगठनका कुरा र कार्यकर्तासँग मात्रै नभइ सार्वजनिक चासोका विषयमा उनले ध्यान केन्द्रित गरेका थिए।
थापाको त्यो संवाद यात्राको मुख्य केन्द्र तराई–मधेस नै थियो। त्यसमा पनि हुलाकी राजमार्गको आसपास थियो।
राजनीतिक वृत्तमा भदौ २३ र २४ गतेको कट अफ डेटलाई हेर्दा पटाक्षेप भइरहेका राजनीतिक परिदृश्यले उनको ’मिसन पिएम’ लक्ष्यमा पुग्ने प्रयास अब चुनावका नतिजामा भर पर्नेछ । तर राजनीतिमा यो अस्वाभाविक भने होईन्।
राजनीतिक जीवनको टाइमलाइन तोकेर हिँडेका महामन्त्री थापाको अर्जुनदृष्टी के मा छ? त्यो भने उनको आगामी रणनीतिले प्रष्ट पार्दै लैजाला । किनकि सभापति उनि भई नै सके अब मतपरिणामले मिसन पीएमलाई निर्दिष्ट गर्ला ।
रणनीतिगत रुपमा पार्टी संगठनमा अघि बढिरहेका सभापति थापालाई अब चुनावमा परिणाम निकाल्न र त्यसपछीको पार्टीको महाधिवेशन दुवै २ ठुला चुनौति रहने देखिन्छ। तर राजनीतिमा सम्भावना सँधै खुल्ला रहन्छन । प्रधानमन्त्री पदका लागि संगठनात्मक धरातल बनाइरहेका सभापति थापा जनतामा तल्लो तह सम्म पुग्न व्यापक समर्थन हासिल गर्ने अभियानमा अघि बढेको भने प्रष्टै बुझिन्छ।
सर्लाहही क्षेत्र नं. ४मा उम्मेद्वारी दिएका काँग्रेस सभापति थापामा वि.सं.२०५६ सालमा कृष्णप्रसाद भट्टराईले पर्सा जिल्लाबाट चुनाव जितें झैं सफलता प्राप्त हुनेमा आत्मविश्वास बढेको देखिन्छ । किनकी उनि अब न केवल सासंदको मात्रै नभएर प्रधानमन्त्रीका समेत घोषीत पात्र हुन् । तर काँग्रेस भित्र संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेद्वार हुने परम्परा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button