घरेलु हिंसाले समाज कम्जोर
महिलामाथि हुने हिंसा भनेको महिला भएकै कारणले जन्म देखि मृत्यु सम्मको अवस्थामा हुने विभेद, विभिन्न शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई महिला हिंसा भनिन्छ ।
हाम्रो देशमा अशिक्षा,गरिवि,पुरानो सोंच,धर्म र सामाजिक व्यवहारले
महिला माथि घर परिवार र समाजले गर्ने गलत ब्यवहारले महिला हिंसा हुन्छ ।
हाम्रो देशका गाउँहरुमा बढी महिला हिंसा हुने गर्छन् । शहरमा पनि महिला हिंसा विभिन्न वहानामा महिला हिंसा बढ्नेगरेकाछन् ।
विद्यालयमा छात्रा(केटी)हरु कम उपस्थित हुन्छन् । विवाह गर्दा पनि महिलाहरु उमेर नपुगेर विवाह गर्छन । विवाह गर्दा माईतिबाट दाईजो(दहेज) नल्याएको कारणले पनि घरमा महिला माथि हिंसा हुन्छ । हिंसा कुटपीट र गालि गलौज अनि घरमा हेप्ने गर्छन् । त्यसका कारण हाम्रो साजमा महिलाहरुमाथि हिंसा हुन्छ ।
विद्यालयमा पनि केटा र केटीहरुमाथि फरक व्यवहार गरिन्छ । मेन्सुरेसन पिरियड समयमा विद्यालय र मन्दिर,मस्जिद,चर्च र गुरुद्वारामा अरु अफिसमा महिलाहरुमाथि गरिने फरक व्यवहारले महिलाहरुमाथि हिंसा भईरहेका छन् ।
धेरैजसो महिलाहरु आँफै जागिर नगर्ने,काम नपाउने कारणले रुपैया कमाउन नसक्ने सामाजिक अवस्थाका पनि महिला माथि हिंसा हुन्छन् ।
घर,परिवार,समाज,कार्यालय,सार्वजनिक यातायात,सार्वजनिक स्थलमा महिला माथि दोश्रो दर्जाको नागरिक जस्तो ब्यवहार हुन्छन् । यस्ता कारणले पनि महिला हिंसा भईरहेका छन् ।
हाम्रो देशका विभन्न ठाउँहरुमा फरक फरक अवस्थामा फरक फरक करणले महिला हिंसा भईरहेका छन् ।
सुदूर पश्चिम क्षेत्रमा छाउपडी–मेन्सुरेसन पिरियडमा समेत महिला हिंसा भएका उदाहरणहरु छन् ।
स्वास्थ्य सेवा दिने क्षेत्रमा पनि महिला माथि हिंसा हुने गर्छन् । सरकारी कार्यालय र प्राईभेट सेक्टर सबै मिलेर महिला माथि हुने हिंसा रोक्न प्रयास गरिनुपर्छ ।
देशमा बस्ने सबै नागरिक बराबर हुन्छन भन्ने वातावरण बनाउन आवश्यक छ । नागरिकले पाउने सेवा सुविधा,अवसर र सहभागितामा सरकारले महिला भनेर फरक व्यवहार गर्नुहुँदैन् ।
नेपालमा कुल जनसंख्या मध्ये आधा भन्दा बढी महिला छन् । समाजमा महलामाथि गरिने फरक व्यवहारलाई हटाउन जरुरी छ ।
महिला हिंसाको असर बालबालिकाहरु माथि पनि पर्छ । घर परिवारमा हुने मिला हिंसाका कारण बालबालिकाको मानसिकतामा नकारात्मक प्रभाव पर्ने गर्छ । बालबालिकाको सुरक्षित जिवनका लागी पनि महिला र पुरुषमा फरक व्यवहार गरिनु हुँदैन् ।



